नेपालले महिला एसिया कप २०२४ खेल्न पाउँने निश्चित

नेपालले महिला एसिया कप २०२४ खेल्न पाउँने निश्चित

बुधवार, चैत्र १४ २०८०
बुधवार, चैत्र १४ २०८०
  • नेपालले महिला एसिया कप २०२४ खेल्न पाउँने निश्चित

    काठमाडौं ।  नेपालले महिला एसिया कप २०२४ खेल्न पाउँने भएको छ । एसियाली क्रिकेट काउन्सिल एसीसीको मंगलबारसम्पन्न वैठकले एसिया कपमा आठ टिम सहभागी गराउने निर्णय गरेपछि नेपालले पनि खेल्न पाउने भएको हो।

    सन् २०१८ मा छ तथा सन् २०२२ मा भएको पछिल्लो संस्करणमा सात टिमले मात्र खेलेको एसिया महिला कपमा यसवर्ष आठ टिमको सहभागिता रहने निर्णयसंगै नेपालको सहभागिता निश्चित भएको हो । गत फागुनमा सम्पन्न एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग चार विकेटले पराजय भोगेसंगै नेपालले एसिया कप खेल्ने अवसर गुमाएको थियो।

    त्यो वेला एसीसी महिला प्रिमियर कपको फाइनलमा पुग्ने दुई टिम एसिया कपमा खेल्न योग्य हुने प्रावधान थियो । जसअनुरूप नेपाललाई हराएका मलेसिया र संयुक्त अरब इमिरेट्स एसिया कपमा छनौट भएका थिए। पछिल्लो निर्णयपछि नेपालसंगै थाइल्याण्डले पनि एसिया कप खेल्न पाउने भएको छ।

    नेपालको महिला क्रिकेट टिमले यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कपमा सहभागीता जनाएको थियो। एसीसीले मंगलबार सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपाल रहेको समूहमा उपाधि दाबेदार टिम भारत र पाकिस्तानसँगै एसीसी महिला प्रिमियर कप विजेता युएई छन्। 

    त्यसैगरी समूह बीमा बंगलादेश, श्रीलंक, मलेसिया र थाइल्याण्ड रहेका छन्। यी दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन्।
    उद्घाटनका दिन साउन ४ गते नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्नेछ। त्यसपछि साउन ६ गते यूएईसँग र साउन ८ गते भारतसँग खेल्ने छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij