महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, ६ स्थानमा पार्किङ व्यवस्था

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, ६ स्थानमा पार्किङ व्यवस्था

शनिवार, फाल्गुण २ २०८२
शनिवार, फाल्गुण २ २०८२
  • महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रमा विशेष ट्राफिक योजना, ६ स्थानमा पार्किङ व्यवस्था

    काठमाडौं । पशुपतिनाथको प्रमुख पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्र अहिले पूर्ण रूपमा सुसज्जित बनाइएको छ। आइतबार मनाइने पर्वका लागि मन्दिर परिसरमा रङरोगन, सरसफाइ तथा बिजुली बत्तीको सजावट सम्पन्न भएको पशुपति क्षेत्र विकास कोष ले जनाएको छ।

    पर्वको अवसरमा भारतलगायत देशका विभिन्न भागबाट साधु–सन्त र नागा बाबाको उल्लेख्य आगमन भइसकेको छ। भक्तजनको सम्भावित भीडलाई ध्यानमा राख्दै सुरक्षा प्रबन्ध कडा बनाइएको छ। दर्शनार्थीको आवागमन सहज बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले विशेष ट्राफिक योजना लागू गरेको छ।

    ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार प्रारम्भिक चरणमा चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा सवारी साधन नियमित रूपमा सञ्चालन हुनेछन्। तर, गौशालामा अत्यधिक भीडका कारण आवागमन प्रभावित भएमा वैकल्पिक मार्ग अपनाइनेछ।

    विशेषगरी तिनकुने–सिनामंगल, बौद्ध–गौरीघाट तथा पुरानो बानेश्वर र मित्रपार्क–गौशाला खण्डमा मालबाहक सवारी साधनलाई आवश्यकताअनुसार रोक लगाइने योजना रहेको छ। साथै, भीडको अवस्था मूल्याङ्कन गर्दै चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर र मैतिदेवी मोडबाट गौशालातर्फ आउने सवारीलाई डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

    image-131-1100x1536-(1)-1771045878.png

    पार्किङका लागि तोकिएका स्थान

    पर्वमा सहभागी हुने दर्शनार्थी तथा पर्यटकका लागि ६ स्थानमा पार्किङ व्यवस्था गरिएको छ:

    १. सिफल चौर – दर्शनार्थी, पासवाहक तथा सुरक्षाकर्मीका सवारीका लागि
    २. गुहेश्वरी पारि – तीर्थयात्री र दर्शनार्थीका सवारीका लागि
    ३. तिलगंगा आँखा अस्पताल तथा करिडोर – दर्शनार्थी, पर्यटक र तीर्थयात्रीका सवारीका लागि
    ४. पशुपति विकास कोष कार्यालय (भण्डारखाल) – पासवाहक गाडीका लागि
    ५. वनकाली क्षेत्र – शिविर सञ्चालन गर्ने संस्था, दमकल, एम्बुलेन्स र खानेपानीका साधनका लागि
    ६. प्रहरी वृत्त गौशाला परिसर – सरकारी तथा पासवाहक सवारीका लागि

    बागमती करिडोर र जोरपाटी हुँदै चाबहिल आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ गर्न निर्देशन दिइएको छ।

    ट्राफिक प्रहरीले महाशिवरात्रिका दिन पशुपति क्षेत्रतर्फ यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न र ट्राफिक नियमको कडाइका साथ पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij