फेवातालमा कार खस्दा गुरुङको मृत्यु

फेवातालमा कार खस्दा गुरुङको मृत्यु

शनिवार, फाल्गुण २ २०८२
शनिवार, फाल्गुण २ २०८२
  • फेवातालमा कार खस्दा गुरुङको मृत्यु

    पोखरा । पोखरा महानगरपालिका–६ पामे क्षेत्रको फेवातालमा कार खस्दा एक युवकको ज्यान गएको छ। मृतक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भएका तथा हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङ हुन्।

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण, कालिका कास्कीका अनुसार दुर्घटना गएराति करिब २ः१० बजे पामेको गैह्राकोचौतरा नजिकै भएको हो। चालकले कारमाथि नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट तालमा खसेको बताइएको छ।

    घटनाको जानकारी पाएलगत्तै गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको नेतृत्वमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो। गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो। तर, अस्पताल पुर्‍याइएपछि बिहान ४ः३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

    दुर्घटनामा परेको कारलाई क्रेन प्रयोग गरी तालबाट निकालिएको छ। थप अनुसन्धानका लागि सवारी साधन वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij