ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु

ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु

शनिवार, फाल्गुण २ २०८२
शनिवार, फाल्गुण २ २०८२
  • ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका–१, बाउनडाँडामा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । शुक्रबार राति लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको ट्रक सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो ।

    दुर्घटनामा चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    अन्य दुई जना करिब ४० र ५० वर्षका पुरुषलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ती दुवैको सनाखत हुन बाँकी रहेको छ ।

    दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij