आइतबारसम्म मतपत्र छपाइ सकिने

आइतबारसम्म मतपत्र छपाइ सकिने

शनिवार, फाल्गुण २ २०८२
शनिवार, फाल्गुण २ २०८२
  • आइतबारसम्म मतपत्र छपाइ सकिने

    काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।

    केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतवारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । कुल २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा १ करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    आइतवारसम्म बाँकी ३० लाख मतपत्र छपाइ हुने निर्देशक पौडेलले बताए । उनका अनुसार छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी शुरू भएको छ । ५८ जिल्लाका १ सय २४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको हो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij