वेस्ट इन्डिजको लगातार दोस्रो जित, नेपालको सुपर एट सम्भावना कमजोर

वेस्ट इन्डिजको लगातार दोस्रो जित, नेपालको सुपर एट सम्भावना कमजोर

बिहिवार, माघ २९ २०८२
बिहिवार, माघ २९ २०८२
  • वेस्ट इन्डिजको लगातार दोस्रो जित, नेपालको सुपर एट सम्भावना कमजोर

    काठमाडौं । वेस्ट इन्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ । दुईपटकको विश्व विजेता इंग्ल्यान्डलाई ३० रनले हराउँदै वेस्ट इन्डिज समूह सीको शीर्ष स्थानमा उक्लेको छ। 

    मुम्बईको वानखेडे स्टेडियममा बुधबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजको जितले नेपालको सुपर ८ सम्भावना थप कमजोर बनेको छ। वेस्ट इन्डिजले २ खेलबाट ४ अंक बनाएको छ। 

    वेस्ट इन्डिजले पहिलो खेलमा इटालीलाइ ३५ रनले हराएको थियो। वेस्ट इन्डिज सन् २०१२ र २०१६ को विश्वकप च्याम्पियन टोली हो।  

    समूह चरणको पहिलो खेलमा नेपाललाई ४ रनले हराएको इंग्ल्यान्ड भने दोस्रो खेलमा आएर पहिलो हार व्यहोरेको छ। इंग्ल्यान्ड सन् २०१० र २०२२ को च्याम्पियन टोली हो। 

    शेरफाने रुदरवोर्डको उत्कृष्ट ब्याटिङ र गुणाकेश मोतीले शानदार बलिङ गरेपछि वेस्ट इन्डिजले इंग्ल्यान्डलाई पराजित गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij