भक्तपुर । नेपालमै पहिलो पटक तीन वर्षीय बालकको सफल कलेजो प्रत्यारोण गरिएको छ । भक्तपुुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्रको श्रेष्ठको नेतृत्वमा शुक्रवार बालकको कलेजो प्रतयारोपण गरिएको हो ।
अस्पतालका अनुुसार, विरगञ्ज, पर्साका ३ वर्षीय ती बालकका लागि उनकै ३० वर्षीय आमाले कलेजो दान दिएकी थिइन । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
डा. श्रेष्ठका अनुसार, यसअघि नेपालमा यति सानो बालकको कलोजो प्रत्यारोपण गरिएको थिएन । यसैबीच शुक्रवारसहित केन्द्रले लगातार चार दिनमा चार वटा कलेजो प्रत्यारोपण गर्ने तयारी गरेको डा. श्रेष्ठले जानकारी दिनुुभयो ।