काठमाडौं । आयरल्याण्डविरुद्ध नेपालले फराकिलो जित हात पारेको छ । आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले आयरल्याण्डविरुद्ध ७१ रनले जितेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको आयरल्याण्डले जितका लागि १९९ रनको लक्ष्य पाएको थियो । आयरल्याण्डले १८.३ ओभरमा अल आउट हुँदै १२७ रन मात्र जोड्न सफल भएको हो ।
नेपालका लागि सोमपाल कामीले १९ औं ओभरमा आयरल्याण्डको तीन विकेट लिए । कुशल मल्लले पनि आयरल्याण्डको ३ विकेट ढालेका छन् । करण केसी, कुशल भुर्तेल र विवेक यादवले खेलमा १–१ विकेट लिए ।