नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

मंगलवार, चैत्र १३ २०८०
मंगलवार, चैत्र १३ २०८०
  • नेपालले आयरल्यान्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि १ सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर  १ सय ९८ रन बनाएको हो ।

    नेपालका लागि गुलसन झाले ४६ रनको योगदान गरे । कुशल मल्लले ३४ रन जोडे । कप्तान रोहित पौडेलले पनि ३३ रन बनाए । ओपनर कुशल भुर्तेलले टोलीको खातामा २५ रन थपे । अनिल साह १२ र ओपनर आसिफ शेख ११ रनमा आउट भए । सन्दीप जोराले २१ रन बनाए । विवेक यादव सात रनमा अविजित रहे ।

    बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए। बेन ह्वाइटले २ विकेट हात पारे।

    नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij