धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या

धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या

बुधवार, माघ १४ २०८२
बुधवार, माघ १४ २०८२
  • धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या

    बारा । बारामा धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या भएको छ । जिल्लाको परवानीपुरमा मंगलबार राति ४५ वर्षीया सुमित्रा देवी र २८ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो । 

    सो घटनामा परेरसुमित्रा देवीका श्रीमान् जगरुप महतो र छोरी किरण कुमारी घाइते भएका छन् ।उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, परवानीपुर गाउँपालिका– १ रहरियाडीमा राती करिब १२ बजेको समयमा घटना भएको हो । 

    हतियार कसले प्रहार गर्‍यो भन्ने खुल्न सकेको छैन । आमा र छोराको शव घरभित्रै रहेको र तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij