काठमाडौं । नेपालले टी–२० सिरिजमा आयरल्याण्ड ए लाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको आयरल्याण्ड टूर अफ नेपाल सिरिज अन्तर्गतको खेलमा नेपालले आयरल्याण्ड ए लाई ६ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । जितका लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमै चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले ३७, सन्दिप जोराले ३६, दिपेन्द्र सिंह ऐरीले २०, आशिफ शेखले १६ र गुल्सन झाले ४ रनको योगदान दिएका थिए । कप्तान रोहित पौडेल भने २ बलमा रनको खाता नखोल्दै आउट भए ।