काठमाडौं । आयरल्याण्डविरुद्ध नेपालले १२२ रनको लक्ष्य पाएको छ । ‘आयरल्याण्ड टूर ए अफ नेपाल’ सिरिज अन्तर्गतको आज भएको खेलमा आयारल्याण्डलले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो ।
टस हारेर पहिले फिल्डिङ गरेको नेपालका खेलाडीले आयरल्याण्डको सबै विकेट झारेका छन् । नेपालका लागि कुशल भुर्तेल, गुल्सन झा, ललित राजवंशीले २–२ विकेट लिए । अन्य खेलाडीहरु करण केसी, सोमपाल कामी, कुशल मल्ल र अभिनाश बोहोराले १–१ विकेट लिएका हुन् ।