नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

सोमवार, चैत्र १२ २०८०
सोमवार, चैत्र १२ २०८०
  • नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

    काठमाडौँ । नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग  अभ्यास खेल खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा दिउँसो १ बजे खेल शुरु हुनेछ । 

    यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

    आयरल्याण्ड ‘ए’ सँग अभ्यास खेल खेल्ने नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij