सुनसरीमा बस दुर्घटना, पाँचको मृत्यु १२ जना घाइते

सुनसरीमा बस दुर्घटना, पाँचको मृत्यु १२ जना घाइते

आइतवार, माघ ४ २०८२
आइतवार, माघ ४ २०८२
  • सुनसरीमा बस दुर्घटना, पाँचको मृत्यु १२ जना घाइते

    काठमाडौं । सुनसरीमा आज दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा परेको हो । 

    को।१ ख ७१११ नम्बरको बस दुर्घटनामा परेको र चालक सहित ५ जनाको मृत्यु भएको सुनसरीका एसपी केशव थेबेले जानकारी दिए । भेडेटारबाट धरान आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

    जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक बालकसहित ५ जनाको मृत्यु भएको छ । 

    थप १२ जना घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घट्नाको बिस्तृत विवरण आउँन बाँकी रहेको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij