लागूऔषध खैरो हेरोइन सहित चौलागाई पक्राउ

लागूऔषध खैरो हेरोइन सहित चौलागाई पक्राउ

शुक्रवार, माघ २ २०८२
शुक्रवार, माघ २ २०८२
  • लागूऔषध खैरो हेरोइन सहित चौलागाई पक्राउ
    काठमाडौँ । प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
     
    पक्राउ पर्नेमा काठमाडौँ संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुबास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
     
    उनले भने, “टोखा नगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईँलाई पक्राउ गरिएको हो ।” प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij