दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२
  • दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते
    घोराही (दाङ्र्र्र्र्र) । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।
     
    घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए। उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 
     
    गम्भीर घाइतेसहित आठ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरीक्षक बमले उल्लेख गरे । प्रहरीका अनुसार घाइतेको पहिचान खुल्न सकेको छैन । प्रहरी निरीक्षक बमका अनुसार बस आज दिउँसो करिब १२ः३० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij