काठमाडौं । नेपाल क्रिकेटसंघ क्यानले आयरल्यान्ड एसँग टी– २० र एक दिवसीय खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । आइतबार क्यानले टी–२० र एक दिवसीय क्रिकेट खेल्ने नेपाली टिमको घोषणा गरेको हो ।
दुवै शृङ्खलामा नेपाल एको कप्तानी विनोद भण्डारीले गर्ने क्यानले जनाएको छ। टी–२० तर्फ विनोद भण्डारी (कप्तान) सहित लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी, विकास आग्री छानिएका छन् ।
त्यसैगरी एक दिवसीयमा विनोद भण्डारी (कप्तान) अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, साहव आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मुकेश ढकाल रहेको क्यानले जनाएको छ।
