काठमाडौं । भक्तपुरमा एक व्यक्ति मृत भेटिएका छन् । आज साँझ सवा ४ बजे मध्यपुर ठिमी नगरपालिका(६ भक्तपुर बस्ने सनिप चाम्लिङ राईलाई प्रहरीले मृत फेला पारेका हुन् ।
प्रहरीले साढे ४ तले घरको चौथो तल्लामा बस्ने ४० वर्षीय राई आफ्नै घरको कोठामा मृत भेटाएका हुन्। ढोकामा चुकुल लगाई आफूले आफैलाई कञ्चटमा जिएस फाइभ, जर्मन लेखेको कालो रंगको बन्दुकले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।
घटनाको समयमा मृतक राई एक्लै रहेको बुझिएको छ।उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।