आईपीएलमा चेन्नाइको विजयी सुरुआत, आज दुुई खेल हुंदै

आईपीएलमा चेन्नाइको विजयी सुरुआत, आज दुुई खेल हुंदै

शनिवार, चैत्र १० २०८०
शनिवार, चैत्र १० २०८०
  • आईपीएलमा चेन्नाइको विजयी सुरुआत, आज दुुई खेल हुंदै

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) साविक बिजेता चेन्नाइ सुपर किङ्ग्सले विजयी शुरुवात गरेको छ । चेन्नाइले आफ्नै मैदानमा शुक्रवारराती सम्पन्न उद्घाटन खेलमा रोयल च्यालेञ्जर बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै आईपीएलमा विजयी सुरुवात गरेको हो ।

    आरसीबीले दिएको १७४ रनको लक्ष्य चेन्नाइले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको थियो । चेन्नाइका लागि ओपनरद्वय रितुराज गायक्वाडले १५, रचिन रवीन्द्रले ३७ रन, अजिङ्क्य रहाणेले २७ र डेरेल मिचेलले २२ रनको योगदान गरेर आउट भए । शिवम दुवेले ३४ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे ।

    बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंग्लोरका लागि अनुज रावतले उत्कृष्ट पारी खेल्दै ४८ रन बनाए ।

    उनलाई साथ दिएका दिनेश कार्तिक २८ रनमा अविजित रहे । ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । त्यसपछि आएका क्यामरुन ग्रीनले १८ रन बनाएका थिए । 

    चेन्नाइका लागि मुस्तफिजुर रहमानले ४ विकेट लिए भने दीपक चहरले एक विकेट लिए ।आईपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो पौने चार वजे हुने खेलमा पन्जाब किंग्स र दिल्ली क्यापिटल्स भिड्ने छन् । राती सभा आठ वजे कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच खेल हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij