करेन्ट लागेर एक महिलाको मृत्यु

करेन्ट लागेर एक महिलाको मृत्यु

सोमवार, पौष १४ २०८२
सोमवार, पौष १४ २०८२
  • करेन्ट लागेर एक महिलाको मृत्यु
    कञ्चनपुर । बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् ।
     
    घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij