आजदेखि आईपीएल क्रिकेट, उद्घाटन खेलमा चेन्नई र बैंग्लुरु भिड्ने

आजदेखि आईपीएल क्रिकेट, उद्घाटन खेलमा चेन्नई र बैंग्लुरु भिड्ने

शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • आजदेखि आईपीएल क्रिकेट, उद्घाटन खेलमा चेन्नई र बैंग्लुरु भिड्ने

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । १७औँ संस्करणको प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरु भिड्ने भएका छन्। 

    आज दिउँसो चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने भएको छ । उद्घाटन समारोहमा बलिउडका चर्चित कलाकारहरुले प्रस्तुति दिने बताइएको छ । उद्घाटन समारोहमा गायक एआर रहमान र सोनु निगम तथा चर्चित बलिउड कलाकार अक्षय कुमार, टाइगर श्राफलगायतका पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ । 

    प्रतियोगितामा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।  भारतमा आगामि महिनादेखि शुरु हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । 

    प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यो संस्करणका सबै खेल भारतमै खेलाइने बताएको छ । तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । 

    यद्दपि, बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गरेका छन् । भारतीय निर्वाचन आयोगले लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरिसकेको छ । आयोगका अनुसार, लोकसभा चुनाव अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij