गाँजासहित भारतीय नागरिक पक्राउ

गाँजासहित भारतीय नागरिक पक्राउ

मंगलवार, पौष १ २०८२
मंगलवार, पौष १ २०८२
  • गाँजासहित भारतीय नागरिक पक्राउ

    काठमाडौं ।  नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतिस्थित सडकमा ट्याक्सी जाँच गर्ने क्रममा लागुऔषध गाँजासहित भारतको केरलाका ३८ वर्षीय सोन साइमान ग्रेसेसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक  पवनकुमार भट्टराईका अनुसार ट्याक्सीबाट २३ किलो गाँजा बरामद गरिएको हो । 

    पक्राउ परेका ग्रेसेसको रानीवनस्थित होमस्टेमा भाडामा लिएको घरको कोठा खानतलासीका क्रममा थप ३२ किलो गाँजा बरामद गरिएको प्रवक्ता भट्टराईले राससलाई जानकारी दिए । पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत आवश्यक अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij