रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु
    चन्द्रपुर (रौतहट) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।
     
    बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।
     
    मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिए । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।
     
    दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर–६ बस्ने डोरमणि सापकोटा घाइते हुनुभएको छ उहाँहरुको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij