दशरथ रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् आफैंले गर्ने

दशरथ रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् आफैंले गर्ने

बुधवार, चैत्र ७ २०८०
बुधवार, चैत्र ७ २०८०
  • दशरथ रंगशालाको संरक्षण राष्ट्रिय खेलकुद परिषद् आफैंले गर्ने

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैँले संरक्षण गर्ने भएको छ । लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतीमा सन्तोषजनक कार्य नभएकोले अब राखेप आफैँले संरक्षण गर्ने भएको हो ।

    राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्वर्द्धन राखेपले नै गर्ने उल्लेख छ ।

    उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्ति राखेपले व्यवस्था गरिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij