एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सअगाडि १४८ रनको लक्ष्य राखेको छ । निर्धारित २० ओभर खेलेपछि सुदूरपश्चिमले ६ विकेटको क्षतिमा १४७ रन बनायो ।

    टिमका तर्फबाट आरिफ शेखले ३२ बलमा सर्वाधिक ४५ रन जोडे भने इशान पाण्डेले ३५ बलमा ३८ रन योगदान दिए । दुवैले तेस्रो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे ।

    ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन तथा विनोद भण्डारीले १३ बलमा १५ रन बनाउँदै टोलीको स्कोर उकासे ।

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । प्रतिश जिसीले मात्र एक ओभरमा ४ रन दिएर २ विकेट हात पारे भने बसिर अहमदले पनि १ विकेट लिन सफल भए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij