एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

शुक्रवार, मंसिर १९ २०८२
शुक्रवार, मंसिर १९ २०८२
  • एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

    काठमाडौं । लुम्बिनी लायन्स सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । शुक्रबार भएको खेलमा लुम्बिनीले जनकपुरलाई ४ विकेटले पराजित गरेको छ । जनकपुरले दिएको १३३ रनको लक्ष्य पछाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । 

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३४, डिआर्ची शर्टले ३०, जेजे स्मिटले २१, निरोश डिकवेलाले १७ र दिलिपनाथले अविजित १५ रन बनाएका थिए । त्यसैगरी जनकपुरका बलरसंगीथ कूरेले ३ विकेट लिएका थिए भने मयन यादवले २ विकेट लिएका थिए ।     

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३२ बनाएको थियो । जनकपुरका लागि संगीथ कूरेले सर्बाधिक अविजित ४५ रन बनाएका थिए भने मयन यादवले २७, आसिफ सेखले २०, संजय कृष्णमुर्थीले १४ र सुभ कंसाकारले ११ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रोहित पौडेल र शेर मल्लले २.२ विकेट लिएका थिए भने जेजे स्मिट र रुबेन ट्रम्पपेलमेनले एक एक विकेट लिएका थिए ।


    यो जितपछि लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । योसँगै लुम्बिनीसँगै विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स एनपीएलको दोस्रो सिजनको प्लेअफमा पुगेका छन् । त्यस्तै एनपीएलको डिफेन्डिङ च्याम्पियन जनकपुरसहित चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स प्लेअफको दौडबाट बाहिरिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij