एनपिएलः एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य

एनपिएलः एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • एनपिएलः एडमको शतकमा कर्णालीलाई पोखराको २०२ रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल)अन्तरगत आजको दोस्रो खेलमा एडम रोसिङटनको शतकमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २०१ रन बनायो ।

    यो जारी सिजनको दोस्रो उच्च स्कोर हो । यसअघि विराटनगर किङ्सले पनि पोखराविरूद्ध २२० रन हिर्काएको थियो । यो एनपिएलमा हालसम्म उच्च हो । 

    आज पोखराका लागि यो स्कोर खडा गर्नमा एडमले अविजित शतकीय पारी खेल्दै १०८ रनको योगदान गरे । यस्तै, जेशन रोयले ४६, धनन्जय लक्षनले २३, कप्तान कुशल भुर्तेलले १८ रन जोडे ।

    कर्णालीका  नन्दन यादव र मार्क वाटले एक÷एक विकेट लिए । दुवै टोलीका लागि यो खेल ‘प्लेअफ’ पुग्न महत्त्वपूर्ण छ । 

    चारमा एक खेलमात्रै जितेको पोखरालाई यो खेल जिते ‘प्लेअफ’को यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।

    यसअघि आजै भएको पहिलो खेलमा जनकपुरले चितवनलाई छ विकेटले पराजित गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij