दुई सचिवको सरुवा, पर्यटनमा निरौला

दुई सचिवको सरुवा, पर्यटनमा निरौला

मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • दुई सचिवको सरुवा, पर्यटनमा निरौला

    काठमाडौं । सरकारले दुई सचिवको सरुवा र एक सचिवको पदस्थापन गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्द निरौलालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत सचिव हरिकुमार मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

    मन्त्रिपरिषद् बैठकले सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij