काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। उनका बुवा रामनारायण शाहको सोमबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
बिरामी परेपछि उनलाई आइतबार अस्पताल लगिएको थियो। स्रोतका अनुसार उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो ।