एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौंको जित

एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौंको जित

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • एनपिएलः  कर्णाली याक्सविरुद्ध काठमाडौंको जित

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई पाँच विकेटले पराजित गरेको छ ।

    जितका लागि पाएको १५० रनको लक्ष्य काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौँको जितका लागि गेरहार्ड इरास्मसले अविजित ४३, जोन सिम्पसनले ४१, वेन चाल्सवर्थले ३४ रनको योगदान गरे । कर्णालीका नन्दन यादवले तीन, पवन सराफले एक विकेट लिए ।

    यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४९ रन बनायो । जसमा गुल्शन झाले सर्वाधिक ४९, पवन सराफले ३५, मार्क वाटले ३० रन जोडे ।

    बलिङतर्फ काठमाडौँका राशिद खान सर्वाधिक दुई विकेट लिए । काठमाडौँ यो जितसँगै आठ अङ्क जोड्दै ‘प्लेअफ’ नजिक पुगेको छ । कर्णालीको भने यो चौथो हार हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij