लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

शनिवार, मंसिर १३ २०८२
शनिवार, मंसिर १३ २०८२
  • लुम्बिनीको दोस्रो जित, पोखराको तेस्रो हार

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।

    लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । त्यसयताका तीन खेलमा भने लुम्बिनीले कर्णाली याक्सविरुद्ध नौ विकट, काठमाण्डू गोर्खाजसँग २२ रन र सुदूरपश्चिम रोयल्ससँग सात विकेटको हार व्यहोरेको थियो ।

    पोखराको भने चौथो खेलमा यो तेस्रो हार हो । पोखराले पहिलो र दोस्रोमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग क्रमशः ५३ र १८ रनको हार व्यहोरेको थियो । पोखराले तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।

    लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४० रन बनाए । उनले ३६ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २२–२ को स्थितिबाट रोहितले निरोसाहन डिकवेलासँग ५४ रनको साझेदारी गर्दै लुम्बिनीको मध्यक्रम सम्हाल्ने प्रयास गरेका थिए । निरोसानले २२ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन थपे । 

    लुम्बिनीले २२ रनमै दुई विकेट गुमाउँदा ओपनरद्वय डी‘एर्सी शर्टले सात र सुमित महर्जनले ‘डक’ भए । सन्दीप जोरा २२ बलमा दुई चौका र एक छक्कासहित २५ रनमा अविजित रहे । गुलबदिन नैबले ११ बलमा दुई छक्कासहित १७ रनको योगदान गरे ।

    पोखराका विपीन खत्री, म्याट टेलर र सागर ढकालले दुईरदुई विकेट लिए । जिम्मी निसमको नाममा एक विकेट रह्यो । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो । 

    पोखराले सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो र दोस्रो विकेटका रूपमा कप्तान कुशल भुर्तेललाई गुमाएको थियो । त्यसपछि आएका सुमित बर्माले खाता खोल्न सकेनन् । तिर्तराज दासले पनि जम्मा एक रन बनाए ।

    सातौँ ब्याटरका रूपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौँ विकेटका निम्ति ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए । निशमले ५१ रन जोडे । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे  । लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईरदुई विकेट लिए ।  गुलबदिन नाइबले एक विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij