एनपीएल-२ : सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

एनपीएल-२ : सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • एनपीएल-२ : सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

    काठमाडौँ। विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।

    लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

    सुदूरपश्चिमले अब बाँकी ३ मध्ये १ खेल जितेमा पनि प्लेअफ पुग्नेछ । उता पहिलो खेलमै जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो । ४ खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना भने झिनो बनेको छ ।

    सुदूरपश्चिमका लागि विकेटकिपर विनोदले अविजित ६९ रन बनाए । उनले ४९ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । यस्तै आरिफ शेखले ३७ बलमा ४ चौका र एक छक्का मदतमा ३९ रन बनाए ।

    क्रिकेट लिनले १९ रन योगदान गरे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक-एक विकेट लिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij