काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। खेल दिउस ३ बजेबाट सुरु हुनेछ ।
यस अघि पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेट र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।
दुई खेल मात्रै खेलेको चितवनले एक जित र एक हार निकालेको छ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।
तीनवटै खेल जितेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। दुई खेलमात्रै खेलेको चितवन २ अंक मात्रै जोडेर पाँचौं स्थानमा छ।
शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावनालाई कायम राख्न चितवनका लागि आजको खेल महत्त्वपूर्ण रहनेछ।