एनपिएलः सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

एनपिएलः सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • एनपिएलः सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जीवतका लागि १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ  विकेटको क्षतिमा १३९  रन बनायो ।

    सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । साथै आरिफ शेखले २७ रनको योगदान दिए । 

    सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई विकेट हात पारे । 

    सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ । साथै पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज दोस्रो जितको खोजीमा छ । कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij