एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

मंगलवार, मंसिर २ २०८२
मंगलवार, मंसिर २ २०८२
  • एनपिएलको चौथो अर्धशतक मार्टिन र पाँचौँ लोकेशको नाममा

    काठमाडौं ।  काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०मा चौथो  अर्धशतक बनाउने मार्टिन गुप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश बम भएका छन् । यी दुवै खेलाडी विराटनगर किङ्सका हुन् । 

    मार्टिन र लोकेशले आज भएको पोखरा एभेन्जर्सविरूद्धको खेलमा अर्धशतक जोडे । मार्टिनले २८ बलमा अर्धशतक पूरा गरे । ३५ बल खेलेका मार्टिन ६१ रनमा आउट भए । 

    यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुर्‍याए ।  ४७ बलमा ७२ रन बनाएर लोकेश पभेलियन फर्किए । लोकेश र मार्टिनले १४६ रनको ओपनिङ साझेदारीसमेत गरे । यसअघि तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रवी बोपरा बनेका थिए ।

    चितवन राइनोजका अलराउण्डरसमेत रहेका रवीले आज भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा  अर्धशतक प्रहार गरेका हुन् । 

    यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर  प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए । 

    पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij