चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियो

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियो

आइतवार, कार्तिक ३० २०८२
आइतवार, कार्तिक ३० २०८२
  • चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

    यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । २०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ ।

    अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो । असोजमा ५ खर्ब नाघ्दा गत साउन र भदौमा रेमट्यिान्य ३ अर्ब ५२ अर्ब आएको थियो । नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनमा अहिलेसम्मकै धेरै हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij