काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ गतेदेखि सुरु हुने प्रतियोगिताको तालिका आज सार्वजनिक गरेको हो ।
तालिकाअनुसार उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ, जसको सुरुवात मंसिर १ गते दिउँसो ४ बजे हुनेछ ।
लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्ने व्यवस्था गरिएको छ । लिग चरणका खेल मंसिर २१ गतेसम्म चल्नेछन् भने प्लेअफ चरण मंसिर २३ गतेदेखि सुरु हुनेछ ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका टोलीले मंसिर २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच मंसिर २४ गते एलिमिनेटर खेल हुनेछ । त्यसपछि मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल खेल हुनेछ ।
