काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एशियन कप छनोट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरि खड्काले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
प्रारम्भिक चरणमा बोलाइएका ३५ खेलाडीबाट २३ सदस्यीय टोली छानिएको हो । नेपालले १३ नोभेम्बर अर्थात आउँदो बिहीबार बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै १८ नोभेम्बरमा मलेसियासँग एएफसी एशियन कप छनोटको खेल खेल्दै छ ।
टोलीको प्रशिक्षकमा हरि खड्का र सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।
