काठमाडौं। मुस्ताङस्थित कोरला भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा तीन अर्बबढी राजस्व संकलन गरेको छ।
कार्यालयले साउनदेखि असोजसम्म तीन अर्व दुई करोड ७३ लाखबढी राजस्व संकलन गरेको हो।
कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार तीन महिनाको अवधिमा सो नाकाबाट एक हजार ४ सय ९८ वटा विद्युतीय सवारीसाधनका भित्रिएका छन् ।
त्यसैगरी ६ सय ७१ वटा मालबाहक कन्टेनरबाट बिभिन्न उपभोग्य सामान आयात भएको छ। सो अवधिमा २८ वटा मालबाहक सवारीसाधनमार्फत नेपाली उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ तर्फ निर्यात भएका छन्।
बाढीपहिरोले चीनसंगका प्रमुख भन्सार नाका तातोपानी र रसुवागढी लामो समयदेखि अवरुद्ध भएपछि कोरला नाकाबाट आयात निर्यात बढेको बताइएको छ।