औपचारिक रूपमै फुट्यो नाउपा, रेशमले दर्ता गराए नयाँ दल

औपचारिक रूपमै फुट्यो नाउपा, रेशमले दर्ता गराए नयाँ दल

बिहिवार, कार्तिक १३ २०८२
बिहिवार, कार्तिक १३ २०८२
  • औपचारिक रूपमै फुट्यो नाउपा, रेशमले दर्ता गराए नयाँ दल

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर रेशम चौधरीसहितका नेताहरू नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् ।

    बिहीबार चौधरीले आयोगमा पुगेर नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गरेका हुन् ।

    एउटै पोसाकमा सजिएर उनी लगायत अब्दुल खानसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।  उनीहरुको पार्टीको चुनाव चिन्ह भने जाँतो माग गरिएको छ भने अध्यक्षमा कबीर सोप रहेका छन् ।

    नेताहरूका अनुसार यी नेताहरूले दर्ता गरेको पार्टीमा नागरिक उन्मुक्ति पार्टीका असन्तुष्ट नेता र जनमत पार्टीका असन्तुष्ट नेताहरू समावेश हुनेछन् । 

    जनमत पार्टीबाट मन्त्रीसमेत भएका खानले करिब एक महिना अगाडि पार्टी छोडेका थिए। 

    यता श्रीमतीसँग विवाद भएपछि चौधरीले भने विगत एक वर्षदेखि नाउपाबाट अलग्गिने मनसाय गरेका थिए तर उनले भदौ २३ र २४ गते भएको चेन्ज आन्दोलनपछि पार्टी छाडेको घोषणा गरे।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij