अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

    काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा अमेरिकाले नेपाललाई २६३ रनको लक्ष्य दिएको छ ।

    दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।

    अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।

    बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

    लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौँ स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij