२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने अनुमान

२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने अनुमान

आइतवार, कार्तिक ९ २०८२
आइतवार, कार्तिक ९ २०८२
  • २१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने अनुमान

    काठमाडौँ। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

    आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।

    आयोगका अनुसार बजेट तयारीकै क्रममा रहेको बताइएको छ । साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएपनि यसबारे अन्तिम टुंगो लाग्न बाँकी छ ।

    आयोगले बजेट निर्माण गर्दै गर्दा निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्दैछ। सामग्री खरिद गर्नेबाहेक आयोगले केही रकम आकस्मिक व्यवस्थापन शीर्षकमा राख्न खोजेको छ ।

    निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ। विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो।

    यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij