सुन तोलाको ४ हजार ८ सय घट्यो

सुन तोलाको ४ हजार ८ सय घट्यो

आइतवार, कार्तिक २ २०८२
आइतवार, कार्तिक २ २०८२
  • सुन तोलाको  ४ हजार ८ सय घट्यो

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसअघि शुक्रबार भने सुन २ लाख ५८ हजार रुपैयाँमा कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला ७५ रुपैयाँ घटेर आज ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij