सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ५८ हजार पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ५८ हजार पुग्यो

शुक्रवार, आश्विन ३१ २०८२
शुक्रवार, आश्विन ३१ २०८२
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ५८ हजार पुग्यो

    काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको मूल्य शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँ कायम भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij