जापानलाई हराउँदै नेपाल समूह विजेता, २ अंकसहित सुपर सिक्स खेल्ने

जापानलाई हराउँदै नेपाल समूह विजेता, २ अंकसहित सुपर सिक्स खेल्ने

शुक्रवार, आश्विन २४ २०८२
शुक्रवार, आश्विन २४ २०८२
  • जापानलाई हराउँदै नेपाल समूह विजेता, २ अंकसहित सुपर सिक्स खेल्ने

    काठमाडौं । नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ ।आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत जापानले दिएको १३२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । 

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ३८ रन बनाए भने गुलशन झाले अविजित २८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए । त्यसैगरी कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । त्यस्तै जापानका बलर शोमा स्लाटरले २ विकेट लिएका थिए ।

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । जापानका लागि कप्तान केन्डेल काडोवाकी(फ्लेमिङले सर्बाधिक ६० रन बनाएका थिए । त्यस्तै एसाम रहमानले ३१ रन बनाए भने बेन्जामिन इटो डेभिसले १७ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र गुलशन झाले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिएका थिए ।

    जापानलाई हराएसंगै नेपालले २ अंक लिएर सुपर-६ मा गएको छ । अब नेपालले सुपर-६ मा समूह ए र सीबाट आउने २-२ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शीर्ष ३ मा रहन सके अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

    योसंगै नेपाल र जापानसंगै युएई र कतार सुपर सिक्समा पुगेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij