करातेकी अनु अधिकारीले अमेरिकामा जितिन स्वर्ण पदक

करातेकी अनु अधिकारीले अमेरिकामा जितिन स्वर्ण पदक

आइतवार, चैत्र ४ २०८०
आइतवार, चैत्र ४ २०८०
  • करातेकी अनु अधिकारीले अमेरिकामा जितिन स्वर्ण पदक

    काठमाडौँ । कराते खेलाडी अनु अधिकारीले अमेरिकाको न्युयोर्कमा सम्पन्न ईजीइन इन्टरनेसनल कराते ओपनको महिला सिनियरमा स्वर्ण पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेकी अधिकारीले अमेरिकामा समेत स्वर्ण पदक जितन सपल भएकी हुुन् । 

    अमेरिका, स्पेन, किर्गिस्तान, मेक्सिकोलगायतका खेलाडीलाई पछि पार्दै अधिकारीले स्वर्ण पदक जित्न सफल भएको बताइएको छ ।  महिला सिनियर कुमितेमा सेमिफाइनलमा स्पेनकी मोरालेस कोर्टाजरिनालाई हराउँदै फाइनल प्रवेश गरेकी अधिकारीले फाइनलमा अमेरिकी क्लागेट सराहलाई टेक्निकल नकआउटमा १७–७ ले पराजित गर्दै स्वर्ण जितेको बताइएको छ ।

    अधिकारीले स्वर्णका साथै उत्कृष्ट महिला फाइटरको ट्रफीसमेत हात पारेको बताइएको छ । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं सागमा स्वर्ण जितेकी अनु केही महिनादेखि न्युयोर्कमा प्रशिक्षण गरिरहेकी थिइन । यसै महिनाको अन्तिममा टेक्सासमा आयोजना हुने यूएसए ओपनमा पदक जितने लक्ष्यसहित सहभागी हुने र वर्ल्ड कराते फेडेरेसनको व्यक्तिगत वरीयतामा सुधार गर्ने लक्ष्य रहेको अधिकारीले बताइन । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij