काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।
ईण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपनि नेपालमा भने मूल्य यथावत राखिएको हो ।
भारतबाट पेट्रोलमा प्रतिलिटर २४ पैसा डिजेलमा २ रुपैयाँ ३५ पैसा र मट्टितेलमा २ रुपैयाँ ३९ पैसा बढेर आएको छ ।
निगमले प्रकाशन गरेको विज्ञप्तिमा आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्य वृद्धि नगरीएको जनाइएको छ ।
निगमका अनुसार, हाल पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको प्रतिलिटर १४४ रुपैयाँ र तेस्रो वर्गको १४५ रुपैयाँ कायम गरिएको छ ।
