वेस्ट इन्डिजसँगको अन्तिम खेल खेल्दै नेपाल

वेस्ट इन्डिजसँगको अन्तिम खेल खेल्दै नेपाल

मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • वेस्ट इन्डिजसँगको अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल आज यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ ।

    यसअघि भएका दुवै खेल जित्दै नेपालले शृंखला आफ्नो पक्षमा गरिसकेको छ । आजको खेलमा पनि जित हात पारे नेपालले पहिलो पटक कुनै टी–२०आई द्विपक्षीय शृंखलामा क्लिनस्वीप गर्ने ऐतिहासिक अवसर पाउनेछ ।

    युवा खेलाडीमै भरिएको वेस्ट इन्डिजको तुलनात्मक रूपमा अनुभवहीन टोली नेपालसँग निकै कमजोर देखिएको छ । अन्तिम खेलमा उनीहरू क्लिनस्वीपबाट जोगिन दबाबमा रहनेछन् ।

    नेपालले यसअघि ३ वा सोभन्दा बढी खेल समेटिएको कुनै पनि शृंखलामा क्लिनस्वीप गरेको छैन । त्यसैले आजको जित नेपालका लागि कीर्तिमानी उपलब्धि हुनेछ ।

    नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम।

    वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij