‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • ‘जेनजी’ प्रदर्शनका मृतक परिवारलाई राहत रकम वितरण

    धरान  । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका दुई मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति रकम वितरण गरिएको छ ।

    इटहरी उपमहानगरपालिका कार्यालयअगाडि भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका २३ वर्षीय अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारलाई सङ्घीय सरकारबाट प्राप्त रकम आज हस्तान्तरण गरिएको हो । 

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रत्येक मृतकका परिवारलाई राहतस्वरूप रु १० लाख र क्षतिपूर्तिबापत रु पाँच लाख गरी जम्मा रु १५ लाख रकम वितरण गरिएको बताए । यो रकम गृह मन्त्रालयमार्फत प्राप्त भएको थियो । 

    यस्तै, कोशी प्रदेश सरकारबाट किरिया खर्चबापत थप रु एक लाख जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij