एनपीएलको ट्रफी टुर आजदेखि : विराटनगरबाट सुदूरपश्चिमसम्म पुग्ने

एनपीएलको ट्रफी टुर आजदेखि : विराटनगरबाट सुदूरपश्चिमसम्म पुग्ने

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • एनपीएलको ट्रफी टुर आजदेखि : विराटनगरबाट सुदूरपश्चिमसम्म पुग्ने

    काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको ट्रफी टुर गर्ने भएको छ । आज विराटनगरबाट शुरू हुन लागेको ट्रफी टुर सुदूरपश्चिमसम्म पुग्नेछ ।

    एनपीएलको ट्रफीलाई ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग जोडिएको क्यानका सचिव पारस खड्काले बताएका छन् । कोशी प्रदेशको टोली विराटनगर किङ्ग्सबाट शुरू हुने ट्रफी टुर त्यसपछि पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश पुग्नेछ । मधेशबाट चितवन राइनोज हुँदै काठमाडाैं गोर्खाजले राजधानी काठमाडाैंमा भित्र्याउनेछ । त्यसपछि पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेश पुग्नेछ । सुदूरपश्चिम रोयल्सले ट्रफी टुर गरेसँगै टुर सकिनेछ ।

    कालापत्थरबाट ल्याइएको ढुङ्गा राखिएको ट्रफी हिजो कीर्तिमानी पर्वतारोहीहरु फुन्जु जाङ्मी, मिङ्गमा ग्याल्जे शेर्पा र मिङ्गमा डेबिट शेर्पाले ट्रफी सार्वजनिक गरे । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार एनपीएल आउँदो मङ्सिर एक गतेदेखि २७ गतेसम्म अर्थात् (नोभेम्बर १७ देखि डिसेम्बर १३) तारिखसम्म चल्नेछ । यो पटक पनि पहिलो संस्करणमा जस्तै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij